कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो
बिशेष
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ताको समय दुई घण्टा थप गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै उम्मेदवारी मनोनयनको समय साँझ ६ बजेसम्म बढाइएको जनाएको हो। यसअघि अपराह्न ४ बजेसम्म मात्र मनोनयन दर्ता गर्ने समय तोकिएको थियो।
मनोनयन प्रक्रियालाई सहज र व्यवस्थित बनाउन निर्धारित कार्यतालिका संशोधन गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निर्वाचन समितिले थपिएको समयभित्रै उम्मेदवारी मनोनयन दर्ता गराउन महाधिवेशनका सबै केन्द्रीय प्रतिनिधिलाई आग्रह गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
