`

दसैंको अग्रिम टिकट असोज २३ देखि खुल्ने

Nepal One HD २० असोज २०८३ १३:३०
अर्थ समाचार

काठमाडौं । दशैं–तिहारमा घर जाने यात्रुको प्रतीक्षा अब सकिने भएको छ। यातायात विभागमा व्यवसायी तथा सरोकारवालाबीच भएको छलफलले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ।

टिकट बुकिङ खुलेसँगै चाडपर्व अवधिभर देशभर सञ्चालन हुने सार्वजनिक सवारीका लागि छुट्टै रुट परमिट आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ।

दशैंको भीडसँगै काठमाडौंका सडकमा हुने जामलाई ध्यानमा राख्दै अत्यावश्यक ढुवानीबाहेक अन्य ठूला सवारीसाधनलाई उपत्यका प्रवेश तथा बाहिरिन रोक लगाउने निर्णय भएको छ।

तर खाद्यान्न, औषधि, इन्धन, दूधलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने यो व्यवस्थाबाट प्रभावित हुने छैनन्।

दशैं नजिकिँदै गर्दा टिकट कहिले खुल्छ भन्ने अन्योलमा रहेका यात्रुलाई निर्णयले राहत दिएको छ। सडकको अवस्था र मौसमलाई समेत ध्यानमा राखेर चाडपर्वको यातायात व्यवस्थापन गरिने विभागले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *