कांग्रेस महामन्त्रीमा ९ जनाको उम्मेदवारी
बिशेष
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
संशोधित विधानअनुसार कांग्रेसमा महामन्त्रीका तीन पदका लागि निर्वाचन हुँदैछ। तीमध्ये कम्तीमा एक पद महिलाका लागि सुनिश्चित गरिएको छ।
निर्वाचन समितिका अनुसार महामन्त्री पदमा उम्मेदवारी दर्ता गराउनेमा डा. डिला संग्रौला (पन्त), शंकर तिवारी, डा. सुनीलकुमार शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, महालक्ष्मी उपाध्याय (डिना), अमरसिंह पुन, रिता खनाल र गुरुराज घिमिरे छन्।
महामन्त्रीका तीन पदका लागि ९ जनाबीच प्रतिस्पर्धा हुने भएकाले अब निर्वाचनबाट तीन जना निर्वाचित हुनेछन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
