`

कपिलवस्तुमा ट्रकको ठक्करले एकको मृत्यु, दुई मोटरसाइकल क्षतिग्रस्त, चालक फरार

Nepal One HD १ कार्तिक २०८३ १२:२७
समाचार
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

आज बिहान भएको दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालकको पहिचान खुल्न सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका-२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव घाइते भएका छन् । उक्त मोटरसाइकलमा सवार २१ वर्षीय अनिल योगी भने सकुशल रहेका छन् ।

दुर्घटनापछि प्रहरीले ट्रकसहित तीनवटै सवारीसाधन नियन्त्रणमा लिएको छ । साथै, घटनालगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *