दसैँको मुखमा तीन दिन खुल्दै तातोपानी नाका, कार्गो ट्रकलाई मात्रै प्रवेश
अर्थ समाचार
काठमाडौं । दसैँका बेला बजारमा आवश्यक वस्तुको आपूर्ति सहज बनाउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुल्ने भएको छ । नेपाली पक्षको आग्रहपछि चिनियाँ पक्ष नाका सञ्चालन गर्न सहमत भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार अक्टोबर १८ देखि २० सम्म तातोपानी नाका सञ्चालनमा आउनेछ । उक्त अवधिमा कार्गो ट्रकलाई मात्रै आवतजावत गर्न अनुमति दिइनेछ ।
दसैँका बेला उपभोग्य वस्तु तथा अन्य आवश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यले सरकारले नाका अस्थायी रूपमा सञ्चालन गर्न पहल गरेको हो ।
तीन दिनका लागि नाका खुल्ने भएपछि नेपाल-चीन व्यापारिक आवागमन सहज हुनुका साथै, चाडपर्वका बेला आवश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
