७३ वर्षपछि पाकिस्तानले पायो आईएमएफ र विश्व बैंकको नेतृत्व गर्ने ऐतिहासिक अवसर
सन् १९५३ पछि पहिलोपटक पाकिस्तानले यो जिम्मेवारी पाउन लागेको हो। ७३ वर्षपछि प्राप्त यस अवसरलाई पाकिस्तानका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
त्यस्तै, थाइल्यान्डको बैंककमा आयोजित विश्व बैंक समूह र आईएमएफको वार्षिक बैठकका क्रममा पाकिस्तानका आर्थिक मामिला मन्त्रीसमेत रहेका विश्व बैंकका लागि पाकिस्तानी गभर्नर अहद खान चीमालाई आगामी अध्यक्षका रूपमा औपचारिक घोषणा गरिएको हो।
अक्टोबर १२ देखि १८ सम्म सञ्चालन भइरहेको वार्षिक बैठकमा १९१ देशका १५ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन्। बैठकमा विभिन्न देशका केन्द्रीय बैंकका गभर्नर, आर्थिक नीति निर्माता तथा उद्योग–व्यवसाय क्षेत्रका प्रमुखहरूको उपस्थिति छ।
साथै, सम्मेलनमा विश्व अर्थतन्त्रको वर्तमान अवस्था, आर्थिक नीतिका चुनौती तथा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा छलफल भइरहेको छ।
