`

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा, दुबोको माला लगाएर लिए शपथ

Nepal One HD १ कार्तिक २०८३ १५:०९
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा उनले शपथ लिएका हुन्।

शपथ ग्रहणका क्रममा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले थापाको गलामा दुबोको माला लगाइदिएका थिए। समारोहमा उपस्थित अन्य नेताहरूले पनि उनलाई बधाई तथा शुभकामना दिँदै नयाँ नेतृत्वको आगमनलाई उत्सवका रूपमा मनाएका थिए।

त्यस्तै, शपथपछि थापाले केहीबेरमै पार्टी केन्द्रीय कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार दिउँसो मतगणना सम्पन्न भएको थियो। सभापति पदको प्रतिस्पर्धामा थापाले श्यामकृष्ण खड्गीलाई पराजित गर्दै पार्टीको नेतृत्व आफ्नो हातमा लिन सफल भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *