धनुषामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
बिशेष
जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकल चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो।
दुर्घटनामा सुजितले चलाएको मोटरसाइकलमा सवार बलराम यादव तथा अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ निवासी २० वर्षीय रामपुकार यादव र अखिलेश यादव घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
