सुनचाँदीको मूल्यमा गिरावट
अर्थ समाचार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार घटेर ४ हजार १ सय रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
