`

वेस्ट इन्डियन पावरहिटर रसेल विराटनगर किङ्समा अनुबन्ध

Nepal One HD २ कार्तिक २०८३ १२:३८
खेलकुद

काठमाडौं । वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत रसेललाई टोलीमा भित्र्याएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आक्रामक ब्याटिङ र प्रभावशाली बलिङका लागि चर्चित रसेलको आगमनले विराटनगरको टोली थप सशक्त हुने अपेक्षा गरिएको छ ।

रसेलले वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट १४३ खेल खेलिसकेका छन् । उनले ८६ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार १२२ रन बनाउनुका साथै ६१ विकेटसमेत लिएका छन् ।

विश्वका विभिन्न फ्रेन्चाइज टी-२० लिगमा आफ्नो क्षमता प्रमाणित गरिसकेका रसेललाई आक्रामक ब्याटिङ, तीव्र गतिमा रन जोड्ने क्षमता र विकेट लिन सक्ने बलिङका कारण प्रभावशाली खेलाडीका रूपमा चिनिन्छ ।

रसेलको अनुभव र खेल कौशलले एनपीएलको आगामी संस्करणमा विराटनगर किङ्सको प्रदर्शनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *