चितवनमा बस नालीमा पल्टिँदा १० जना घाइते
समाचार
काठमाडौं । चितवनको राप्ती नगरपालिका-२, सिमरा चोकमा आइतबार बिहान यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब १०ः४५ बजे भरतपुरबाट हेटौँडा हुँदै राजविराज जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएको हो।
बसमा सवार करिब २३ जनामध्ये घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था मध्यम र पाँच जनाको सामान्य रहेको छ। मध्यम अवस्था रहेका एक महिला १२ हप्ताकी गर्भवती रहेको प्रहरीले बताएको छ।
दुर्घटनापछि बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२, पदमपोखरीका ४६ वर्षीय नवराज कार्की प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
