`

‘कबड्डी ५’ सेन्सर पास, कात्तिक ६ देखि देशभर प्रदर्शनमा आउने

Nepal One HD २ कार्तिक २०८३ १३:११
मनोरञ्जन
काठमाडौँ । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ। चलचित्र जाँच समितिले ‘यु’ अर्थात् युनिभर्सल सर्टिफिकेट दिएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।

आगामी शुक्रबार, कात्तिक ६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘कबड्डी ५’ ले सेन्सरबाट अनुमति पाएपछि प्रदर्शनको बाटो खुलेको हो। निर्देशक गुरुङका अनुसार सेन्सर बोर्डका पदाधिकारीहरूले चलचित्रले अघिल्ला शृङ्खलामा जस्तै सामाजिक कथावस्तुसँगै भरपूर मनोरञ्जन प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

त्यस्तै,चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय रहेको छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको सङ्गीत रहेको छ।

चलचित्रको छायाङ्कन सञ्जय लामाले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको छ। साथै, ‘कबड्डी ५’ को वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *