`

गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी आरोही मृत फेला

Nepal One HD ८ कार्तिक २०८३ १२:३१
समाचार

काठमाडौं । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका-६ स्थित ७ हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमालको दक्षिणी भागमा शुक्रबार उनीहरूको शव फेला परेको हो।

मृत्यु हुनेमा जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोतो रहेका छन्। उनीहरू नेपाली पथप्रदर्शकसहित काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत हिमाल आरोहणमा गएका थिए। गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार करिब ७ हजार ५० मिटरको उचाइबाट उनीहरूसँग सम्पर्क विच्छेद भएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परे पनि दुवैको अवस्था पत्ता लगाउन समय लागेको थियो।

साथै, लगातारको खोजीपछि शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटरको उचाइमा दुवै आरोहीको शव फेला परेको हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *