`

एनपीएलको विजेतालाई डेढ करोड पुरस्कार, स्पोन्सरबाट २० करोड संकलन

Nepal One HD ९ कार्तिक २०८३ १६:२७
खेलकुद

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ। प्रतियोगितासँग जोडिएका प्रायोजनबाट २० करोड रुपैयाँ संकलन भएको विवरण छ। एनपीएलसँग सम्बन्धित समग्र आर्थिक कारोबार १५० करोड रुपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

प्रतियोगितामा विजेता टोलीलाई एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो स्थान हासिल गर्ने टोलीलाई ४० लाख रुपैयाँ र चौथो स्थानमा रहने टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ।

पुरस्कार राशिले टोलीहरूबीच प्रतिस्पर्धा थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। आकर्षक पुरस्कारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने विश्वास गरिएको छ।

एनपीएलमा प्रायोजकहरूको सहभागिताबाट २० करोड रुपैयाँ संकलन भएको विवरणले नेपाली क्रिकेटमा निजी क्षेत्रको चासो बढेको संकेत गर्छ। प्रतियोगितामा प्रायोजन, विज्ञापन, टिकट बिक्री, प्रसारण, पर्यटन, होटल तथा रेस्टुरेन्ट व्यवसायलगायत क्षेत्रबाट आर्थिक गतिविधि पनि विस्तार हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *