प्रधानमन्त्रीले उद्घाटन गरे एनपीएल
खेलकुद
काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण औपचारिक रूपमा सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केहीबेरअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन गरेका हुन्।
तेस्रो संस्करणको पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र साविक विजेता लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। खेलमा टस जितेको लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलसँगै एनपीएलको नयाँ संस्करण सुरु भएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
