सुनको मूल्य ८०० रुपैयाँले बढ्यो
अर्थ समाचार
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ।
महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला तीन हजार ९७० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला तीन हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
