कस्तो रहला सन्दीपको किङ्सको प्रदर्शन?
काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण अन्तर्गत आज हुने खेलमा विराटनगर किङ्स र चितवन राइनोज तथा कर्णाली याक्स र जनकपुर् बोल्ट्सले खेल्दैछन्।
आन्द्रे रसेल, सन्दिप लामिछाने, एञ्जेलो म्याथ्युज जस्ता स्टारहरुको जमघट रहेको विराटनगर किङ्सले आज कुशल मल्ल नेतृत्वको चितवन राइनोजसँग खेल्दैछ। यो खेल अहिले दिउसो साढे १२ बजेर त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा सुरु हुनेछ। पहिलो संस्करणको एनपीएलमा लिग तालिकाको छैटौँ स्थानमा रहँदै प्रतियोगिता सकाएको किङ्सले दोस्रो सिजनमा भने प्ले अफ सम्मको यात्रा तय गरेको थियो। तर पहिलो क्वालिफायर र एलिमिनेटर दुवै खेलमा खेल्ने अवसर प्राप्त गरेको किङ्स फाइनलसम्म भने पुग्न सकेन।
मार्टिन गप्टिल, फाफ डुप्लेसी जस्ता अन्तराष्ट्रिय क्रिकेटका चर्चित ख्गेलादीर्हरु भित्राएर आफ्नो मार्केट भ्याल्यु बढाउन सफल भएको किङ्सले ती खेलाडीहरुको उपयोग भने गर्न सकेन। जसकी कारणले गर्दा किङ्सको ट्रफी उचाल्ने सपनामा अहिलेसम्म पनि अङ्कुश लाग्दै आएको छ।
पूर्वी नेपालको प्रतिनिधित्व गर्ने विराटनगर किङ्स अनुभवी अन्तर्राष्ट्रिय खेलाडी र घरेलु प्रतिभाको मिश्रण भएको टोली हो। सन्दीप लामिछानेको कप्तानी तथा श्रीलंकाका पूर्व क्रिकेटर धम्मिका प्रसादको प्रशिक्षणमा रहेको टोलीले आक्रामक ब्याटिङ र प्रभावकारी बलिङलाई आफ्नो मुख्य शक्ति बनाउने लक्ष्य राखेको छ।
टोलीमा लोकेश बम, बासिर अहमद र प्रतीश जीसीजस्ता घरेलु खेलाडी महत्त्वपूर्ण छन्। विभिन्न संस्करणमा मार्टिन गप्टिल, फाफ डु प्लेसिस र जर्ज मुन्सेजस्ता अन्तर्राष्ट्रिय खेलाडीले पनि टोलीबाट खेलेका छन्।
यद्यपि, स्टार खेलाडीको उपस्थितिका बाबजुद विराटनगरले पहिलो र दोस्रो संस्करणमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। सात खेलमध्ये दुईमा मात्र जित निकाल्दै टोली अंकतालिकाको छैटौँ स्थानमा सीमित भएको थियो। उक्त संस्करणमा बासिर अहमदले सर्वाधिक १८१ रन बनाउँदा प्रतीश जीसी र क्रिस सोलले समान नौ विकेट लिएका थिए।
क्षमतावान् खेलाडीको साथ पाएको विराटनगरका लागि चुनौती भनेको व्यक्तिगत प्रदर्शनलाई सामूहिक सफलतामा बदल्नु हो। पूर्वी नेपालको क्रिकेटप्रेमी समर्थकको ठूलो आशा बोकेको यस टोलीको वास्तविक सफलता मैदानमा देखाउने निरन्तर प्रदर्शन र उपाधि जित्ने क्षमताले निर्धारण गर्नेछ।
यसपाली पनि किङ्सको ब्याटिङ र बलिङ लाइन अप मिश्रित देखिन्छ। उता मध्ये नेपालको प्रतिनिधित्व गरिरहेको चितवन राइनोजको लाइन अप पनि बलियो देखिन्छ। यी दुवै टोलीले प्रतियोगिताको सुरुवात कसरी गर्नेछन्, त्यो भने हेर्न बाँकी नै छ।
