एनपीएल : पोखराविरुद्ध सुदूरपश्चिम पहिले बलिङ गर्दै
खेलकुद
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ। टस जितेर सुदूरपश्चिमले बलिङ रोजेको हो।
पोखरा एभेन्जर्सले प्रतियोगितामा पहिलो खेल खेल्दैछ भने सुदूरपश्चिमको यो दोस्रो खेल हो। सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको थियो। त्यसैले पोखराविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा सुदूरपश्चिम हुनेछ।
दुई टोलीबीचको विगतको नतिजा हेर्दा सुदूरपश्चिम बलियो देखिएको छ। हालसम्म भएका आमनेसामनेका दुई खेलमा सुदूरपश्चिमले दुवै खेल जितेको छ भने पोखरा जितविहीन छ। यसपटक पोखरा पुरानो नतिजा बदल्ने लक्ष्यमा मैदान उत्रिनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
