नेपाली सेनाको हवाई सेवाले पूरा गर्यो दुई लाख घण्टा उडान, प्रधान सेनापतिद्वारा शिलालेख अनावरण
राजनीति
काठमाडौँ, ११ कात्तिक : नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी समय वायुयान र हेलिकप्टर उडाएर नभसुरक्षामा पनि उल्लेखनीय कार्य गर्दै आएको छ ।
दुई लाख घण्टा विमान उडान पूरा गरेको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले गौचर ब्यारेकमा स्थापना गरिएको शिलालेख आज अनावरण गर्नुभएको छ । त्यस अवसरमा ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ पुस्तक विमोचन गरिएको थियो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २०२२ सालमा स्थापना भएको सैनिक हवाई सेवाले विपद् व्यवस्थापन, उद्धार तथा राहतका कार्यमा आपत्कालीन परिस्थितिमा सेवा गर्दै आएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
