संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउने तयारीमा सरकार, विचाराधीन विधेयकलाई प्राथमिकता दिने
बिशेष
काठमाडौं । संघीय संसद्को आगामी अधिवेशन मंसिर दोस्रो साताभित्र बोलाउने विषयमा छलफल सुरु भएको छ। सरकारले संसद्को अधिवेशन आह्वान गर्ने तयारीबारे सभामुख डोलप्रसाद अर्यालमार्फत राजनीतिक दलहरूलाई सन्देश पठाएको हो। आगामी अधिवेशनलाई प्रभावकारी बनाउँदै संसद्मा लामो समयदेखि विचाराधीन रहेका विधेयकहरूलाई अघि बढाउने सरकारको तयारी रहेको छ।
सरकारले आगामी अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्ने लक्ष्य राखेको छ। त्यसका लागि संसद्का दुवै सदनमा विचाराधीन विधेयकको अवस्था, तिनमा रहेका संशोधन प्रस्ताव तथा विधेयक पारित गर्ने प्रक्रियाबारे प्रारम्भिक छलफल अघि बढाइएको हो। अधिवेशन सुरु हुनुअघि नै राजनीतिक दलहरूबीच आवश्यक समन्वय गरी विधेयकहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा सरकारले चासो देखाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
