बालेन सरकारकाे चाैतर्फी हस्तक्षेपपछि विपक्षीहरूलाई चाहियाे संसद्
बिशेष
काठमाडौं । प्रतिपक्षी दलहरूले संसद् बैठक बोलाउन माग गरेका छन् ।
न्यायालयबारे उठेका प्रश्न, राष्ट्रियताको सवाल, प्रेस जगतमाथिकाे सरकारी हस्तक्षेप र बढ्दो महँगीलगायत विषयमा छलफल गर्न संसद् बैठक आवश्यक रहेको उनीहरूको भनाइ छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यी विषयमा संसद्मा छलफल हुनुपर्ने भएकाले बैठक बोलाउन माग गरिएको बताए ।
उनका अनुसार सरकारले प्रहरी र अख्तियारजस्ता राज्यका संस्थाहरूलाई कमजोर बनाउँदै लगेको विषय पनि संसद्मा उठाउनुपर्ने आवश्यकता छ ।
प्रतिपक्षी दलहरूबीच सरकारका जनहित र राष्ट्रियताविरोधी गतिविधिका विषयमा एजेण्डागत सहकार्य गर्नेबारे पनि छलफल भएको थियो ।
बैठकमा साझा मुद्दामा एकमत भएर अघि बढ्ने विषयमा समेत कुराकानी भएको नेता आङ्देम्बेले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
