`

जितको खोजीमा पोखरा, अपराजित यात्रा कायम राख्ने लक्ष्यमा लुम्बिनी

Nepal One HD १८ कार्तिक २०८३ १७:०५
खेलकुद

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा मंगलबार दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

साविक विजेता लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जित्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

आजको खेलका लागि दुवै टोलीले आफ्नो प्लेइङ-११ मा परिवर्तन गरेका छन्। लुम्बिनीले दुई खेलाडी परिवर्तन गरेको छ। दिलीप नाथ र श्याड्ली भान साइलवायकको स्थानमा अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले मौका पाएका छन्।

यता पोखराले भने तीन खेलाडी परिवर्तन गरेको छ। युवा ब्याटर अर्जुन कुमालले पहिलो रोजाइमा स्थान बनाएका छन्। उनी दिनेश खरेलको स्थानमा खेल्दैछन्। त्यस्तै प्रतीक पोखरेलको ठाउँमा आकाश चन्द र मोहम्मद सैफुद्दिनको स्थानमा सदिरा समरविक्रमाले खेल्ने भएका छन्।

जारी प्रतियोगितामा लुम्बिनी अपराजित रहँदै आएको छ। ऊ तेस्रो संस्करणमा हालसम्म हार नबेहोरेको एक्लो टोली हो। अर्कोतर्फ पोखरा भने अहिलेसम्म जितविहीन छ। त्यसैले पोखरालाई पहिलो जितको खोजी छ भने लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा मैदान उत्रिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *