`

पत्रकारमाथि प्रहरी धरपकड : सरकार भन्छ- प्रधानमन्त्रीलाई जानकारी थिएन

Nepal One HD १८ कार्तिक २०८३ १७:१०
प्रमुख खबर

काठमाडौं । सरकारले समाचार कक्षभित्रै प्रवेश गरेर प्रहरीले गरेको धरपकड आन्तरिक अनुसन्धानका लागि मात्रै भएको स्पष्टीकरण दिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रकाशित समाचारको स्रोत र त्यसको सत्यतथ्य बुझ्न प्रहरीले सोधपुछ गरेको दाबी गरेका छन्।

‘प्रहरीका आन्तरिक सूचना चुहावट भएको भन्ने विषयमा, उदाहरणका लागि प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो? त्यसको तथ्यजाँच नगरी कसरी आयो भनेर प्रहरीले जाँचबुझ गर्नका लागि मात्रै कसैसँग सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा हो,’ प्रवक्ता पोखरेलले भने।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रहरीको उक्त कार्यमा सरकारको पूर्ण अनुमति नरहेको दाबी गरे।

‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन। त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन। प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ उनले भने।

प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले घटनाबारे जानकारी पाएलगत्तै पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिएको पनि बताए।

उनले पत्रकारलाई पक्राउ वा नियन्त्रणमा नलिइएको दाबी गर्दै प्रहरीको कदमलाई आन्तरिक सूचनाको चुहावटसम्बन्धी अनुसन्धानका रूपमा व्याख्या गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *