`

बिर्तामोडको मुख्य बजारमा आगलागी, दमकल र सुरक्षाकर्मी परिचालित

Nepal One HD १९ कार्तिक २०८३ १२:४३
प्रमुख खबर

काठमाडौं। झापाको बिर्तामोडस्थित मुख्य बजार क्षेत्र भद्रपुर रोडमा बुधबार आगलागी भएको छ। सिद्धार्थ होटल नजिकै धौलागिरि पारिजात सहकारी रहेको घरको पूर्वपट्टिको घरमा आगो लागेको हो।

बजारको घना बस्ती तथा व्यापारिक क्षेत्रमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका छन्। आगो नियन्त्रणका लागि बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकल घटनास्थलमा परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसमेत आगो निभाउने प्रयासमा जुटेका छन्।

आगलागी कसरी सुरु भयो, कुन व्यवसाय वा संरचनामा बढी क्षति पुगेको छ र मानवीय क्षति भए–नभएकोबारे विस्तृत विवरण आउन बाँकी छ। आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *