परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट
राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री खनालले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्ध आगामी दिनमा थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
भेटका क्रममा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।
त्यसैगरी, नेपाल र भारतबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
साथै, भेटमा दुई मुलुकबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षबारे समेत छलफल भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
