`

आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी – ‘सरकारको आदेश पालना गर्ने व्यक्ति बनाइयो होला’

Nepal One HD १९ कार्तिक २०८३ १८:३७
नेकपा एमाले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको विषयमा व्यंग्यात्मक टिप्पणी गरेका छन्। च्यासलमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनलाई सरकारले मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको विषयमा धारणा सोधिएको थियो।

पत्रकारको प्रश्नको जवाफ दिँदै ओलीले, ‘ए ! उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला नि नयाँ आईजीपी !’ भन्दै प्रतिक्रिया दिए। उनको उक्त अभिव्यक्तिलाई नयाँ आईजीपीको नियुक्ति र सरकारको कार्यशैलीप्रति गरिएको व्यंग्यात्मक टिप्पणीका रूपमा हेरिएको छ।

यसैबीच, अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भएको भेटवार्ताबारे पनि प्रतिक्रिया दिएका छन्। उनले मंगलबार राति भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा थापासँग राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका हुन्।

ओलीका अनुसार उनीहरूबीचको भेटवार्ता सकारात्मक र सौहार्दपूर्ण रहेको थियो। भेटमा विभिन्न राजनीतिक विषयमा विस्तृत कुराकानी भएको उनले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *