`

नेपाल पूर्वाधार सम्मेलनले क्रमभङ्गतालाई जोड दिनेछ : अर्थमन्त्री वाग्ले

Nepal One HD २० कार्तिक २०८३ १७:५६
राजनीति

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपालीको नेपाल पूर्वाधार सम्मेलनले पुरानो परम्परालाई मान्यता दिनेभन्दा पनि क्रमभङ्गता गर्ने गरी अघि बढाउन खोजिएको बताएका छन् ।

नेपाल पूर्वाधार सम्मेलनको बारेमा आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा वाग्लेले विगतमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलनभन्दा बिल्कुलै फरक किसिमको ब्राण्ड स्थापित गर्न आवश्यक काम गरिरहेको दाबी गरे ।

“हामीले पूर्वाधार र लगानी क्षेत्रका नीतिगत तथा कानुनी सुधार गर्नका लागि आमूल परिवर्तनकारी पुनसंरचना गर्ने गरी काम अघि बढाइरहेका छौँ,” अर्थमन्त्री डा वाग्लेले भने, “हामीले आमूल परिवर्तनकारी संरचना निर्माण गर्ने गरी काम अघि बढाइरहेका छौँ ।”

अर्थमन्त्री डा वाग्लेले सरकारले आर्थिक, कानुनी, स्रोधसाधन, शान्ति, न्यायलगायतका क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम गर्दै आइरहेको बताए । “हामीले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर नीतिगत सुधार गरेर एकैपटक मुलुकलाई जुरुक्कै उठाउने गरी कार्य भइरहेको छ,” उनले भने, “निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा लगानी क्षेत्रमा भित्र्याउने गरी आवश्यक नीतिगत र अन्य अप्ठेरालाई व्यवस्थित हुनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *