तिहारमा पटका र आतसबाजी नगर्न प्रहरीको आग्रह
समाचार
काठमाडौं । नेपाल प्रहरीले तिहारमा पटका तथा आतसबाजी नगर्न आमनागरिकलाई आग्रह गरेको छ।
पटका प्रयोगले आगलागी, मानवीय चोटपटक, सम्पत्तिमा क्षति तथा वातावरण प्रदूषणको जोखिम बढाउने भन्दै प्रहरीले यस्तो आग्रह गरेको हो।
प्रहरीले बालबालिकालाई पटका तथा प्रज्वलनशील पदार्थबाट टाढा राख्न र अभिभावकलाई विशेष निगरानी गर्न अनुरोध गरेको छ। साथै, चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालन गरिएको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
