चार खेल जिताएर वार्नर स्वदेश फर्किए
खेलकुद
काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन् ।
गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनको बिदाइबारे जानकारी दिएका हुन् ।
वार्नरले चार खेलमा १२७ रन बनाउँदा उनले खेलेका सबै खेलमा गोर्खाज विजयी भएको छ । उनको छोटो एनपीएल यात्रामा टोलीले शतप्रतिशत जित निकाल्यो ।
केसीले वार्नरको योगदानको प्रशंसा गर्दै सुरक्षित यात्राको शुभकामना दिएका छन् । साथै, पुनः भेट हुने अपेक्षा पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
