`

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

Nepal One HD २९ कार्तिक २०८३ १९:१०
अर्थ समाचार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः ०० बजेदेखि अपराह्न ३ः ०० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।

सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटीजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *