`

एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

Nepal One HD २ मंसिर २०८३ १२:३१
अपराध

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विभिन्न खेलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको राजस्थान घर भई हाल काठमाडौंको ठमेलमा बस्दै आएका रोहित पथरिया रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पथरियाले जारी एनपीएलका विभिन्न खेलमा ८ लाख ७५ हजार रुपैयाँ बराबरको अनलाइन सट्टेबाजी गराएको खुलेको छ।

त्यस्तै, नेपालमा प्रतिबन्धित अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै, यसअघि गत साता पनि एनपीएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *