`

हिन्दु राष्ट्रको अभियानमा राप्रपालाई साथ दिन लिङ्देनको आग्रह

Nepal One HD ७ मंसिर २०८३ १८:४९
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएका छन् ।

सनातन धर्म संस्कृति संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले धर्म र राजनीतिलाई अलग गर्दा राजनीति विकृत हुने दाबी गरे । धर्मरहित राजनीतिले भ्रष्टाचार र अनैतिक प्रवृत्तिलाई बढावा दिने उनको भनाइ थियो ।

लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष बनाउने निर्णयमा राजनीतिक दलहरू जिम्मेवार रहेको आरोप लगाउँदै हिन्दु तथा सनातन धर्मावलम्बीलाई नेपाल पुनः हिन्दु राष्ट्र बनाउने अभियानमा राप्रपाको पक्षमा उभिन आग्रह गरे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *