डिप्रोक्स लघुवित्तकाे २१.०५२ प्रतिशत लाभांश घोषणा
अर्थ समाचार
काठमाडौं / डिप्रोक्स लघुवित्तले लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार ३३२ रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीबाट लाभांश प्रस्ताव गरेको हो ।
प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
