माओवादी स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू, जिम्मेवारी हेरफेरलगायतका विषयमा छलफल गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको सुरू भएको छ । बिहीबारदेखि जारी बैठकमा आज शुक्रबर स्थायी कमिटी सदस्यहरूले पालैपालो सुझाव दिने कार्यतालिका अनुसार दोस्रो दिनको बैठक सुरू भएको हो । यस्तै बैठकमा जिम्मेवारी हेरफेरलगायतका विषयमा पनि छलफल गरिने बताएका छन् ।

बिहीबारदेखि जारी बैठकमा हिजो पहिलो दिन बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समयसामयिक राजनीतिक विषयवस्तु राखेका थिए । उनले राष्ट्रपतिको निर्वाचनमा पार्टीको कदमबारे नेताहरूको राय मागेका छन् ।

वर्तमान गठबन्धन निर्माण, काँग्रेसले विश्वासको मत दिएपछि उत्पन्न राजनीतिक घटनाक्रम लगायतका विषय समावेश रहेको उपाध्यक्ष समेत रहेका माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

Reporter