राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवार उर्मिला अर्याललाई दिने माओवादीको तयारी

प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उम्मेदवारी बनाउने तयारी गरेको छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवार लिन आग्रह गरेका हुन् ।
सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादीबीच राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीले लिने सहमति छ । सहमतिअनुसार माओवादीले अर्याललाई अगाडि सारेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि माघ २२ गते मनोनयन दर्ताको समय छ । निर्वाचन माघ २३ गते हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभामा एमाले र माओवादी सम्मिलित सत्ता साझेदार दलहरुको बहुमत छ ।
अर्याल नेकपा एमालेबाट राजनीतिमा आएकी नेता हुन् । झलनाथ खनाल नेतृत्वको एमाले एमाओवादी सरकारमा उनी स्थानीय विकास मन्त्री समेत भएकी थिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट