अध्यक्ष र उपाध्यक्षले पाए माओवादीमा कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मेवारी


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुको सांगठनिक कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराले जिम्मेवारी पाएका छन् । मंगलबारको पदाधिकारी बैठकले कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा ठोस कार्यविभानजन गर्ने जिम्मा अध्यक्ष र उपाध्यक्षले जिम्मेवारी पाएका हुन् ।
१२ माघमा सुरु भएको स्थायी समितिको बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु रहेको कार्यदललाई कार्यविभाजनबारे प्रस्ताव ल्याउने जिम्मेवारी दिएको थियो । उक्त कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार अध्यक्ष र उपाध्यक्षलाई दिएको माओवादी केन्द्रका नेता पेशल खतिवडाले जानकारी दिए ।
अध्यक्ष र उपाध्यक्षहरुले बुधबार १२ बजे बस्ने पदाधिकारी बैठकमा ठोस प्रस्ताव लिएर आउने र त्यसपछि १ बजे बस्ने स्थायी समितिबाट त्यसलाई अनुमोदन गरिने बताइएको छ ।