ओढारमा ५ नाल भरुवा बन्दुक फेला

NepalOne २७ माघ २०७९ ११:४४
प्रशासन

सुर्खेत – लेकबेशी नगरपालिका ५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओढारमा पाँच नाल भरुवा बन्दुक बरामत भएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियमित गस्ती गर्ने क्रम्मा माथिल्लो खल्टाकुरा  राष्ट्रिय चौफारी डाँडा ज‌ंगलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । 


प्रतिक्रिया