दुई दशक भन्दाबढी अनुभव भएका बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षकमा नियुक्त

NepalOne १ फागुन २०७९ १४:१७
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी ब्रान्ट नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी ६ महिनाको लागि नेपालको राष्ट्रिय टिमको भलिबल प्रशिक्षकमा नियुक्त भएका हुन् ।

उनको कार्यकाल मार्चदेखि अगष्टसम्म हुने नेपाल भलिबल संघ एनभीएका महासचिव रोशन श्रेष्ठले जनाकारी दिए । ६ महिनाका लागि नेपाल आउने उनले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने छन् । जानले आगामी सेप्टाबरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नेछन् ।

जान ब्रान्ट बेल्जियमका पूर्व भलिबल खेलाडी समेत हुन् । उनले बेल्जियम र हंगेरीको महिला भलिबल टिममा समेत काम गरिसकेका छन् । यस्तै उनले बेल्जियम र टर्कीका विभिन्न टिमको समेत प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । ६४ वर्षीय जानसँग साढे दुई दशक भन्दा बढी प्रशिक्षण अनुभव छ ।


प्रतिक्रिया