माओवादी केन्द्रकाे सरकारसंग माग : सरकारले शान्ति प्रक्रियाका बाँकी काम तीव्रताका साथ अघि बढाओस्
राजनीति
काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले केन्द्रले शान्ति प्रक्रियाका बाँकी काम तीव्रताका साथ अघि बढाउन सरकारलाई माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारसंग यस्तो माग राखेका हुन् । उनले बेपत्ता परिवारको पीडालाई ध्यान दिएर यो कामलाई अबिलम्ब अगाडि बढाउन सरकारको ध्यानाकर्षण गरे ।
उनले बैठकमा बोल्दै भने, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई तीव्रताका साथ अगाडि बढाउन र बेपत्ता योद्धाहरू अहिलेबारे अहिले पनि सार्वजनिक भएको छैनन् बेपत्ता परिवारका पीडालाई ध्यान दिएर यो कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउँछु।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
