बालाजु घटनाबारे सदन बेखवर बस्न मिल्दैन : सूर्य थापा
राजनीति
काठमाडौँ – नेकपा एमालेका सांसद सूर्य थापाले सोमबार काठमाडौँको बालाजुमा भएको लुटपाट र आगजनीबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा बोल्दै उनले यस्तो जवाफ मागेका हुन् ।
उनले सदनमा बोल्दै भने, ‘बालाजुको गोगबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो ? गृहमन्त्रीलाई यो सदनमा घटनाको विवरण जानकारी गराउन माग गर्दछु । सदन बेखवर बस्न मिल्दैन’, सांसद थापाले सभामुखमार्फत ध्यानाकर्षण गराए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
