राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु – पूर्वराष्ट्रपति डा यादव

प्रमुख खबर
काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देखेको बताएका छन् । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले आयोजना गरेको कामर्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले २४० वर्षीय निरङ्कुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताउए ।
उनले भने “जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट