`

बढ्यो चिनियाँ राजदूतको सक्रियता

Nepal One HD १० फागुन २०७९ १९:५७
प्रमुख खबर

काठमाडौं, १० फागुन । नेपालका लागि चिनियाँ राजदूत छन सोङले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । 

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयले नेपालका राजनीतिक दलका नेताहरुको छलफल चलिरहेका बेला राजदूत सोङले पनि आफ्नो सक्रियता बढाएका हुन् । 

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका राजदूत सोङले अपरान्ह एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेसँगै तरंगित बनेको राजनीतिक अवस्थामा राजदूत सोङले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाललाई भेटेका हुन् । 
 


प्रतिक्रिया