`

प्रचण्डकाे नयाँ प्रस्ताव : एमालेलाई राष्ट्रपति, पाँचै वर्ष प्रचण्ड प्रधानमन्त्री !

Nepal One HD ११ फागुन २०७९ १७:२४
प्रमुख खबर

काठमाडौं – राष्ट्रपति चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धन भत्किने अवस्थामा पुगिरहेका बेला नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि बाग्र्रेनिङ जारी राखेको छ ।  

पाँचै वर्ष प्रधानमन्त्री पाउने सर्तमा एमाले तयार भए अझै सत्ता गठबन्धन जोगिने सम्भावना  रहेको प्रस्ताव माओवादीले गर्न सुरु गरेको छ ।  

माओवादी केन्द्रका केही नेताहरू मार्फत प्रचण्डले यो सन्देश एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष बालकोटमा पुर्याउने कोशिस गरिरहेका छन् ।  

प्रचण्डको यही शन्देस बोकेर अझै पनि सत्ता गठबन्धन जोगाउन सकिने भन्दै भित्र भित्र एमाले नेताहरुसँग माओवादी नेताहरु लबिङमै छन् ।  

उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्री बनाउने लिखित सहमति गरे नेकपा एमालेलाई राष्ट्रपति दिन माओवादी तयार रहेको बताउन थालेका छन् । 
उनीहरुले माओवादी केन्द्रले सरकार आफूले पाँच वर्ष चलाउन पाउने सुनिश्चित भए १० पुसको सहमतिमा फर्कन सक्ने आसय देखाइरहेका छन् ।  

उता कांग्रेस पनि आफ्नो पोल्टामा ढोक्सा पर्नेमा ढुक्क रहेको छ । तर माओवादी केन्द्रका नेताहरू आफूले पाँच वर्ष सरकार चलाउन पाउने सुनिश्चिताको खोजीमा रहेको बताउँछन् । सबै तिरबाट यो सुनिश्चिता बन्द भए मात्र माओवादी केन्द्रले कांग्रेस अथवा नेकपा एसलाई समर्थन गर्नेछ । 


प्रतिक्रिया