राष्ट्रपतिमा हाम्रो उम्मेदवार पक्का छ,अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन : अध्यक्ष ओली

प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताउनुभएकाे छ ।
बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित चार दलको बैठकले चुनावअघिको गठबन्धन ब्युँताउने सहमति गरेपछि अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिनुभएकाे हाे ।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भन्नुभयाे, ‘राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ। अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट