`

अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट

Nepal One HD २४ फागुन २०७९ १७:०७
मनोरञ्जन

काठमाडौं, २४ फागुन ।  अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । 

बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्टको भएको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौँ ।  आशिर्वाद दिनुहोला ।’ 
 


प्रतिक्रिया