`

लोकतन्त्र बलियो बनाउन सबैले सोच्ने बेला आयो : अष्ष्टलक्ष्मी शाक्य

Nepal One HD २७ फागुन २०७९ १३:१९
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएकी अष्टलक्ष्मी शाक्यले  आफू एक्लै नरहेकाे बताउनुभएकाे छ ।

एमालेका नेताहरुसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराएपश्चात् पत्रकारहरुसँग कुराकानी गर्दै शाक्यले लाेकतन्त्र बलियाे बनाउन सबैले साेच्नुपर्ने बेला अाएकाे बताउनुभयाे । ‘लोकतन्त्र बलियो बनाउन सबैले सोच्ने बेला आयो’,उहाँले भन्नुभयो । 

शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट रघुवीर महासेठ र समर्थकमा कृष्ण गोपाल श्रेष्ठ महेश बर्तौला तुलसा दाहाल भगवती न्यौपाने यसोदा रिजाल रहनुभएकाे छ । 


प्रतिक्रिया