रवी लामिछानेले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई


काठमाडौं – रास्वपाका सभापति रवी लामिछानेले उपराष्ट्रपति पदमा निर्वाचित भएका रामसहायप्रसाद यादवलाई बधाई दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले उपराष्ट्रपति यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
उनले लेखेका छन् – ‘मुलुकको उपराष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामसहायप्रसाद यादव ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’
शुक्रबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन् ।
बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्।यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको पक्षमा संघीय संसदका १०४ र प्रदेशसभाका १६९ जना सदस्यले मत दिएका थिए ।