`

सरकारले चितवनको क्रिकेट स्टेडियम बनाउनु पर्छ : रघुजी पन्त

Nepal One HD ५ चैत २०७९ १४:१९
राजनीति

काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले चिवनमा क्रिकेट स्डेडियम बनाउन सरकारलाई आग्रह गरेका छन्।

संसदकै शून्य समयमा उनले धुमुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको चितवनको क्रिकेट स्टेडियम सरकाले जिम्मा लिएर अघि बढाउनु पर्ने बताएका छन्।

‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन,’ उनले भने, ‘त्यो चिवतनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ वेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त लिनु प¥यो र निर्माण सम्पन्न गर्नुपर्‍यो ।’

पन्तले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न र मुलपानीको क्रिकेट स्टेडियम बनाउन पनि माग गरे ।


प्रतिक्रिया