विश्वासको मत लिने तयारीमा रहेका बागमतीका मुख्यमन्त्री अप्ठ्यारोमा,काँग्रेस सांसद अनुपस्थित
काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल अप्ठ्यारोमा पर्नुभएकाे छ । नेपाली कांग्रेसले दुई दिन समय मागेपछि विश्वासको मत लिने तयारीमा रहनुभएका उहाँ अप्ठ्यारोमा पर्नुभएकाे हाे ।
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै रहेका कारणा अन्याेलता अाएकाे हाे ।
कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले प्रदेशसभाको बैठक स्थगित गराउन चाहनुभएकाे छ । प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता गोपाल पोखरेलका अनुसार अहिलेसम्म मुख्यमन्त्री कार्यालयबाट कुनै पत्र आएको छैन र बैठक पनि स्थगित भएको छैन ।
माओवादी संसदीय दलका नेता जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
