`

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

Nepal One HD ८ चैत २०७९ १९:०४
राजनीति

काठमाडौं, ८ चैत – सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ । 

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठक आधा घण्टादेखि जारी रहेको जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् । 

बैठकमा, सरकार गठनको प्रक्रिया एवम् यसको प्रक्रियाबारे छलफल भएको भइरहेको बताइएको छ ।


प्रतिक्रिया